सेयर बजारमा प्रवेश गर्दै प्रभु हेलिकप्टर, आईपीओ जारी गर्ने प्रक्रिया बढायो

0
Shares

प्रभु हेलिकप्टर लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा प्रभु हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले ६ करोड ६० लाख सेयर पूँजी बराबरको एक सय रुपैयाँ अंकित दरको ६ लाख ६० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्नेछ । आईपीओ जारी गरेसँगै प्रभु हेलिकप्टर नेपालको पूँजी बजारमा पहिलो हेलिकप्टर कम्पनी हुने कम्पनीले जनाएको छ ।

प्रभु हेलिकप्टर पर्यटन तथा नागरिक उडायन क्षेत्रमा सन् २००९ मा स्थापना भएको हो । हाल यस कम्पनीले विश्वको प्रख्यात एयरबस कम्पनीद्वारा निर्मित एयरबस एचआई२५ र अमेरिका तथा अन्य विश्वमा अति विश्वसनीय कम्पनी रोबिन्सन हेलिकम्पटर कम्पनीद्वारा निर्मित रोबिन्सन आर६६ जस्ता नयाँ ब्रान्डेड हेलिकप्टरहरु द्वारा गुणस्तरीय र सुरक्षित हवाई सेवा प्रदान गरिरहेको छ ।

कोभिड–१९ माहामारी पछि, पर्यटन क्षेत्रमा सुधार देखिकोले वायु सेवामा तिब्र गतिको माग भएकोले यस कम्पनीले पर्यटन क्षेत्रमा थप सेवाहरुको लागि बढ्दो आवश्यकता पूरा गर्न आगामी वर्षमा थप २ वटा नयाँ हेलिकप्टर सञ्चालनमा ल्याउने योजना राखेको कम्पनीले जानकारी दिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।