टोयोटाले विश्वभरबाट ११ लाख कारहरु फिर्ता बोलाउने


विश्व प्रख्यात अटोमेकर कम्पनी टोयोटाले विश्वभरबाट ११ लाख २० हजार कारहरु फिर्ता बोलाउने भएको छ । कारहरुमा उपलब्ध सेन्सरमा सट–सर्किटको समस्या आउँदा एयर ब्यागमा समस्या आएको कारण देखाउँदै कम्पनीले कारहरु फिर्ता बोलाएको हो ।

कम्पनीले सन् २०२० देखि २०२२ को समयावधिमा निर्माण भएका एभलन, क्यामरी, कोरोला, आरएभी ४, लेक्सस इएस २५०, इएस ३५०, आरएक्स ३५०, हाइल्यान्डर र सेन्ना हाइब्रिड भेइकलहरु फिर्ता बोलाएको हो ।

यी कारहरुमा अकुप्यान्ट क्लासीफिकेसन सिस्टम जडान गरिएको छ । टोयोटाले फिर्ता बोलाएका कारहरुमध्ये अमेरिकाको मात्रै १० लाख भन्दा धेरै छन् । पछिल्लो ३० वर्षमा फ्रन्टमा उपलब्ध हुने एयर ब्यागले अमेरिकामा मात्रै ५० हजार भन्दा धेरै मानिसहरुको ज्यान बचाएको छ । दुर्घटनाको समयमा एयर ब्यागको भूमिका अह्म रहन्छ ।

टोयोटाले निर्माण गरेका विभिन्न मोडलका कारहरुमा दुर्घटना हुँदा अकुप्यान्ट क्लासीफिकेसन सिस्टम अर्थात् ओसीआर सेन्सरले एयर ब्याग खुला गर्छ । तर उक्त सेन्सरले कार दुर्घटना हुँदा फ्रन्ट सीटमा व्यस्क छ भने मात्रै काम गरेको र बालबालिका फ्रन्ट सीटमा हुँदा काम नगरेको पाइएपछि कम्पनीले कारहरु फिर्ता बोलाएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।