नेपालीरिका होटलको वार्षिक आम्दानी १२ करोड

0
Shares

पूर्वी नेपालका दुई स्थान–मोरङको बिराटचोक र झापाको दमकमा सञ्चालनमा आएको नेपालीरिका होटलले आर्थिक वर्ष २०२३ मा ११ करोड ८० लाख सञ्चालन आम्दानी गरेको छ ।

गत आवमा होटलले ८ करोड ५० लाख सञ्चालन आम्दानी गरेको थियो । होटलको सञ्चालन आम्दानी बढ्दै गएता पनि ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा घटेको छ । गत आवमा सो नाफा कुल सञ्चालन आम्दानीको २०.७२ प्रतिशत थियो भने आव २०२३ मा सो नाफा ५.०६ प्रतिशतले घटेर १५.६६ प्रतिशत पुगेको छ ।

सन् २०१८ मा स्थापना भएको होटल सन् २०२१ को फेब्रुअरी महिनादेखि सञ्चालनमा आएको थियो । भारतको क्रिमसन होटल प्रालिको व्यवस्थापनमा सञ्चालनमा आएको उक्त होटल थ्री स्टार होटल हो । दुईवटा आउटलेटमा गरी हुल १९२ वटा रुम भएपनि हाल पूर्ण सञ्चालनमा भने ८३ कोठाहरु मात्रै आएका छन् ।

होटलले ७९ करोड ५६ लाख बराबरको कर्जाका लागि साख मूल्यांकन गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ७७ करोड ५२ लाख बराबरको कर्जाका लागि डबल बी माइन्स र २ करोड ४ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।