यशोधा फुड्सको करेन्ट ओरिएन्टल फ्लेभर नुडल्स बजारमा, भाटभटेनीमा नि:शुल्क चाख्न पाइने


नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ।

यो चाउचाउ भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध हुने बताएको कम्पनीले प्रति प्याकको ६० रुपैयाँ र फेमिलि प्याकको ३०० रुपैया बजार मूल्य निर्धारण गरेको छ ।

उपत्यका भित्र तथा बाहिरका भाटभटेनी स्टोरमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको बिहीबारदेखि फ्री टेस्टिङ्ग भैरहेको विज्ञप्तिा उल्लेख छ । करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग १५ दिनसम्म चल्ने बताइएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।