चीपमेकर एनभिडियाको इजरायल–हमास युद्ध क्षेत्रमा डेढ करोड डलर सहयोग

0
Shares

अमेरिकी चीपमेकर कम्पनी एनभिडियाले इजरायल–हमास युद्ध क्षेत्रका मानिसहरुका लागि १ करोड ५० लाख अमेरिकी डलर सहयोग गरेको छ । कम्पनीले युद्ध क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थाहरुलाई सो रकम हस्तान्तरण गरेकोे हो ।

हाल एनभिडिया विश्वका ३० बढी देशहरुमा सञ्चालित छ । ती मध्ये ३० देशको शाखाहरुमा का मगर्ने कर्मचारीहरुले युद्धमा फसेका मानिसहरुको उद्धारका लागि ५० लाख अमेरिकी डलर सहयोग जुटाएका छन् । सोही रकममा १ करोड अमेरिकी डलर थप्दै कम्पनीले डेढ करोड डलर युद्ध क्षेत्रका मानिसहरुका लागि सहयोग गरेको हो ।

कम्पनी सञ्चालनमा आएको ३० वर्ष भएको छ । यस अवधिमा कम्पनीले सहयोग गरेको सबैभन्दा ठूलो रकम नै इजरायल–हमास युद्धमा परेका मानिसहरुलाई गरेको सहयोग रकम हो । हमास समूहले होस्टेज बनाएको एनभिडियाका इन्जीनियर अभिनाटन औरको सलामतिको कामना गर्दै आफ्ना कर्मचारीहरुले गरेको मानवीय कार्यप्रति आफू गौरवान्वित भएको कम्पनीका डेपुटी जेनरल काउन्सिल गिडिअन रोजेनबर्गले बताएका छन् ।

कम्पनीले युद्धक्षेत्रमा काम गर्दै आएका एसोर फन्ड, अमेरिकन फ्रेन्ड्स अफ मेगन डेभिड एडम, डक्टर्स वीथआउट बोडर्स, जीयुइस एजेन्सी फर इजरायल, वल्र्ड सेन्ट्रल किचन र जाका नामक संघसंस्थाहरुलाई रकम हस्तान्तरण गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।