नेपाल सुपर लिगलाई यामाहाले उपलब्ध गरायो हेलमेट र्‍याक


रेजेडआर हाइब्रिड १२५ ले जारी नेशनल सुपर लिगलाई हेल्मेट र्‍याकहरू उपलब्ध गराएको छ । खेलाडी तथा प्रशंसकहरूको सुविधा बढाउन कम्पनीले र्‍याक उपलब्ध गराएको हो ।

रङ्गशालामा पुग्ने फुटबलप्रेमीहरूसँग आफ्नो हेडगियर राख्न सुरक्षित र पहुँचयोग्य ठाउँको सुनिश्चितता प्रदान गर्दा दर्शकले निश्चिन्त भएर फुटबलको मजा लिन सक्ने कम्पनीले विश्वास लिएको छ ।

नेपाली खेलकुदलाई सहयोग गर्ने यामाहाको प्रतिबद्धतालाई नेपाल सुपर लिगसँगको साझेदारीले थप प्रगाढ बनाएको छ भने हेल्मेट र्याकको स्थापनाले फुटबलको मजामा अझै धेरै सहजता र आनन्द थप्ने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।