माछापुच्छ्रे बैंकद्वारा अन्नपुर्ण आधार शिविरमा वित्तीय तथा डिजिटल साक्षरता आयोजना

0
Shares

माछापुच्छ्रे बैंकले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपुर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

स्थानिय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा कम्पनीले आधार शिविरमा रहेका व्यवसायी, स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिमका साथै जोखिम न्यूनीकरणका उपायहरुका बारेमा जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागी होटल व्यवसायी तथा अन्य व्यवसायी बीच अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

नगदको विकल्पमा नयाँ र प्रयोग गर्न अति नै सहज मानिएको क्यूआर, पीओएस, एनएफसी सेवाको महत्वबारे सहभागीलाई अवगत गराइएको कम्पनीले बताएको छ।

अन्नपुर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्टहरु सञ्चालनमा छन्।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।