करण चौधरीको अध्यक्षतामा नाडाको नयाँ केन्द्रीय कार्यसमिति गठन

0
Shares

नाडा अटोमोवाइल्स एशोसियसन अफ नेपालकोे कार्यसमितिले पूर्णता पाएको छ । नाडाको बैंठकबाट पदाधिकारी चयन भएपछि कार्यसमितिले पूर्णता पाएकोे हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा चयन भएका छन् । त्यसैगरी एशोसिएसनको उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ निर्विरोध चयन भएका हुन् । करण चौधरी यसअघि नै अध्यक्ष निर्वाचित भएका थिए ।

गत पौष २० गते काठमाण्डौमा सम्पन्न भएको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४७ औं वार्षिृक साधारण सभाले करण चौधरीलाई अध्यक्ष पदमा सर्व सम्मत रुपमा निर्वाचित गरेको थियो । त्यसैगरी सो साधारण सभाले १७ जना केन्द्रीय कार्य समिति सदस्यहरुलाई समेत सर्व सम्मत रुपमा निर्वाचित गरेको थियो ।

त्यसैगरी सो बैठकले महासचिवमा, सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ । यसैक्रममा सो बैठकले संस्थागत सदस्यहरुमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको छ ।

त्यसैगरी सो बैठकले केन्द्रीय कार्य समितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, संजयकुमार खेतान, नवराज भुषाल, ऋद्धि कार्की, दिपेन्दकुमार मिश्र,र सौरभ थापालाई निर्वाचित गरेको छ ।

यसै परिपे्रक्ष्यमा नाडाको उक्त विधान बमोजिम नव निर्वाचित अध्यक्ष चौधरीले मेघराज पौडेल, निलमणी पाठक र सोहन श्रेष्ठलाई सोही केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनित गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।