‘संविधान र ऐनमा भएको अस्पष्ट प्रावधानले सहकारीमा जटिलता थपियो’


संविधान र ऐनमा अस्पष्ट प्रावधान राखिएपछि सहकारी व्यवस्थापनामा जटिलता आएको सरकारी विज्ञहरुले औल्याएका छन् ।

समुन्नत नेपाल गुठीले बिहिबार आयोजना गरेको ‘सहकारीको समस्याः समाधानका रणनीति र उपायहरुमा नीतिगत छलफल’ विषयक कार्यक्रममा विज्ञहरुले सहकारीमा देखिएका समस्या समाधान गर्न ऐन नै संशोधन गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका हुन् ।

कार्यक्रममा बचतकर्ता विचल्लीमा परेको बताउँदै उनीहरुले संविधानको अजुसूचीको प्रावधानले संघ, प्रदेश र स्थानिय तहको अधिकारमा अलमल्याउने ऐन संसोधनमा सरकार चुकेको बताएका छन् ।

यस्तै कार्यक्रममा पूर्व महालेखा परीक्षक भानु आचार्यले ऐन कार्यान्वयन भए नभएको अनुगमन हुन नसकेको बताउँदै सहकारी क्षेत्र अस्तव्यस्त बनेको जिकीर गरे ।  यस्तै उनले सहकारीका समस्या समाधान गर्न सरकार गम्भीर भएर ऐन संशोधन गरी व्यवस्थापन समितिलाई थप अधिकार दिइ सक्रिय बनाउन सुझाव दिएका छन्। यस्तै उक्त कार्यक्रममा सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सहकारीमा भएका समस्याहरुको समाधान आवश्यक भएको बताए ।

सहकारी संस्थाहरुको एकीकरण, नियमनकारी निकायको प्रभावकारिता, कानूनमा समसामयिक सुधार, कानून कार्यान्वयनमा प्रभावकारिता जस्ता कुराहरुको सुनिश्चितताद्वारा सहकारीप्रतिको जनविश्वास अभिवृद्धि गर्न आवश्यक रहेको उनको तर्क छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार  ०९ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।