भेष्पा अप्रिलिया स्कूटर किन्नेलाई सहज फाइनान्सिङ सुविधा


भेष्पा अप्रिलिया स्कूटर खरिद गर्नेहरुले सहज रुपमा फाइनान्स सुबिधा प्राप्त गर्ने भएका छन ।

भेष्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुबिधा उपलब्ध गराउनका लागि हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसँग साझेदारी गरेको छ । नेपालका लागि भेष्पा अप्रिलिया स्कुटरको आधिकारिक बितरक डेल्टा अटोकर्प प्रा.लि ले जनाए अनुसार ग्राहकहरुले स्कुटरको मुल्यको ६० प्रतिशतसम्म फाइनान्स गर्न सक्नेछन् भने उक्त कर्जाको अवधि ६ देखि २४ महिनासम्म रहनेछ । यो सुबिधा नेपाल भरका भेष्पा अप्रिलिया स्कुटरका शोरुमहरुमा उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।

डेल्टा अटोकर्प प्रा.लि का सि.इ.ओ तथा निर्देशक विजय महतोले डेल्टा अटोकर्प आफ्ना ग्राहकप्रति समर्पित रहेको बताउँदै भेष्पा अप्रिलिया स्कुटर खरिदकर्ताहरुलाई नयाँ फाइनान्स सुबिधा प्रदान गर्न हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसँग साझेदारी गरिएको र यसले ग्राहकलाई सहज वाताबरण बन्ने विश्वास व्यक्त गरेका छन् ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका महाप्रबन्धक समिर ठाकुरले सरल फाइनान्स सुबिधाले ग्राहकलाई फाइनान्समा स्कुटर खरिद गर्न धेरै सहयोग पुग्ने विश्वास गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।