कुमारी बैंक र देवः विकास बैंकले गरे विलय सम्झौता


कुमारी बैंक र देवः विकास बैंकले विलय सम्झौता गरेका छन् । नक्सालस्थित मेरियट होटलमा एक समारोहका बिच कुमारी बैंकले देवः विकास बैंकलाई विलय गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

दुवै बैंकका उच्च पदाधिकारीको उपस्थितीमा कुमारी बैंककातर्फबाट मर्जर समिति संयोजक कृष्ण ज्ञवाली र देवः विकास बैंकका तर्फबाट मर्जर समिति संयोजक भरतबहादुर हमालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार कुमारीले देवः विकास बैंकलाई १००ः८६ को श्वाप रेसियोमा विलय गर्नेछ । डिडिएका क्रममा यो स्वापमा केही परिवर्तन हुन सक्ने र उक्त परिवर्तनलाई स्वीकार गर्नेमा दुवै बैंक सहमत भएका छन् ।

हाल कुमारी बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहेको देवः विकास बैंकको चुक्ता पूँजी ३ अर्ब १७ करोड छ । दुई बैंक गाभिएपछि बन्ने कुमारी बैंकको चुक्ता पूँजी १२ अर्ब २८ करोड पुग्नेछ ।

दोस्रो बजारमा कुमारी बैंकको अन्तिम बिक्री मूल्य प्रतिकित्ता १९६ रुपैयाँ रहेको छ भने देवः विकास बैंकको १५५ रुपैयाँ रहेको छ ।

कुमारीले देवः लाई ८६ रुपैयाँमा किन्यो, आजै सम्झौता हुने