शाओमीको ब्रान्ड एम्बासडरमा अभिनेतृ स्वस्तिमा खड्का नियुक्त


शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । स्वस्तिमा खड्का आफ्नो अभिनय क्षमताको लागि पछिल्लो समय निकै लोकप्रिय अभिनेत्री हुन् ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गर्न पाउँदा उत्साहित भएको बताए । यो सहकार्यले शाओमीले अझ उचाई लिनेछ उनको विश्वास छ ।

नवनियुक्त ब्रान्ड एम्बासडर स्वस्तिमा खड्काले शाओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा गौरवान्वित भएको बताएकी थिइन् ।

अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरु र एआइओटी प्रोडक्टहरु प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र आफ्नो व्यक्तिगत लक्ष्यसँग मेल खाने उनको भनाई थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।