कुमारी बैंकको अध्यक्षमा दोहोरिए अमिर प्रताप राणा


कुमारी बैंकको सञ्चालक समितिको अध्यक्षमा अमिर प्रताप राणा दोरिएका छन् ।

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई बैंकको अध्यक्षमा दोहोर्याउने निर्णय गरेको हो ।

आइतबार सम्पन्न बैंकको साधारण सभाले ६ जना सञ्चालकहरु निर्वाचित गरेको थियो । जसमा संस्थापकतर्फबाट ३ र सर्वसाधारण समुहबाट ३ सञ्चालक निर्वाचित भएका थिए ।

साधारण सभाले यस अघि पनि अध्यक्ष रहेका बैंकका अध्यक्ष अमिर प्रताप राणा, कर्मचारी सञ्चय कोषका तर्फबाट विजय कुमार श्रेष्ठ र पुशपति मुरारकालाई संस्थापकतर्फको सञ्चालकमा निर्वाचित गरेको थियो । जसमा श्रेष्ठ र मुरारका नयाँ सञ्चालकका रुपमा बैंकमा भित्रिएका हुन् ।

त्यसैगरी सर्वसाधारणतर्फबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का र सिम्रन अग्रवाल बैंकको सञ्चालक चुनिएका थिए । जसमा पोखरेल पुरानो अनुहार हुन् भने खड्का र अग्रवाल नयाँ अनुहार हुन् ।

साधारण सभाले सञ्चालक नियुक्तगरे पछि मंगलबार बसेको सञ्चालक समितिको पहिलो बैठकले बैंकको अध्यक्षमा राणालाई निरन्तरता दिने निर्णय गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।