नेपालमै पहिलो पटक टुरिजम हिरो अवार्डस् २०२४ आयोजना हुने

0
Shares

नेपालको पर्यटन प्रबर्धनमा योगदान पुर्‍याउने ब्यक्ति तथा संस्थाहरू मध्येबाट नेपालमै पहिलो पटक विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डस् प्रदान गरिने भएको छ ।

नेपालको पर्यटन क्षेत्रका विविध आयामहरूमा सहभागी भई पर्यटन प्रबर्धनमा योगदान पुर्‍याउँदै आएको ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले नेपालमै पहिलो पटक टुरिजम हिरो अवार्डस् २०२४ आयोजना गर्न लागेको हो ।

आगामी मार्च १९ मा काठमाडौँमा आयोजना हुने अवार्डस् कार्यक्रममा विजेताहरुलाई अवार्ड ट्रफी हस्तान्तरण गरिनेछ । होटल तर्फका १४ तथा पर्यटनका अन्य १७ विधा गरि कुल ३१ विधामा पाँचसय भन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको यो टुरिजम हिरो अवार्डको नोमिनेस आजैबाट खुल्ला गरिएको छ ।

टुरिजम हिरो अवार्डस् २०२४ को आधिकारिक वेभसाइट टुरिजम हिरो डट ओआरजीमा गएर जोकोहीले आँफैँले आफ्नो लागि वा अरूको लागि समेत विस्तृत विवरण भरी नोमिनेसन फाइल गर्न सक्नेछन् । यसरी प्राप्त नोमिनेसनहरु मध्येबाट पूर्ण र आधिकारिक विवरणहरू भरिएका नोमिनेसनहरुलाई सर्टलिस्ट गरि भोटिङका लागि योग्य बनाइनेछ । भोटिङका लागि आवश्यक लिङ्क नोमिनेसन भर्ने अधिकारीक ब्यक्ति तथा सर्वसाधारणलाई उपलब्ध गराई बढी भन्दा बढी भोटिङ्का लागि आह्वान गरिएको छ । प्राप्त पब्लिक भोटलाई आधार मान्दै हाम्रा सम्मानित जुरिहरूको अन्तिम निर्णयका आधारमा आगामी मार्च १९ गते विजेता घोषणा गरि टुरिजम हिरो अवार्ड ट्रफि समेत हस्तान्तरण गरिनेछ । यो सम्पूर्ण प्रकृया वेभमा आधारित र निःशुल्क हुनेछ ।

कार्यक्रम संयोजक प्रमिलाले अवार्डमा सहभागिबाट नोमिनेसन फि वा कुनै किसिमको शुल्क नलिइने बताइन् । यस अवार्डको भोटिङ्लाई पारदर्शी राख्न तथ्याङ्क पब्लिक डोमेनमा उपलब्ध गराईने र यो अवार्ड कार्यक्रम विवाद रहित बनाउने उनले बताईन् ।

अवार्डमा समवेश क्याटेगोरीहरु

१. बेस्ट ट्राभल एजेन्सि अफ द इअर

२. बेस्ट ट्राभल एजेन्सि अफ द इअर – होलिडे

३. बेस्ट ट्राभल एजेन्सि अफ द इअर – इनबाउण्ड

४. बेस्ट टेक्नोलोजी फर ट्राभल एण्ड टुरिजम

५. सिईओ अफ द इअर – हस्पिटालिटी

६. सिईओ अफ दि इअर – ट्राभल

७. बेस्ट टुरिजम स्टार्टअफ अफ द इअर

८. टुरिजम पर्सनालिटी अफ द इअर – जर्नालिस्ट

९. टुरिजम पर्सनालिटी अफ द इअर – अन्टरप्रेन्युअर

१०. टुरिजम पर्सनालिटी अफ द इअर – एनआरएन

११. टुरिजम पर्सनालिटी अफ द इअर – वुमन अन्टरप्रेन्युअर

१२. टुरिजम पर्सनालिटी अफ द इअर – ब्राण्डिङ्​ग एण्ड मार्केटिङ्​ग

१३. मस्ट आईकोनिक इन्फ्रास्ट्रक्चर

१४. म्युनिसिपालिटी अफ द इअर

१५. रुलर म्युनिसिपालिटी अफ द इअर

१६. मेयर अफ द इअर

१७. टुरिजम हिरो २०२४

होटल तर्फ

१. बेस्ट होटल अफ द इअर – फाईभ स्टार

२. बेस्ट होटल अफ द इअर – फोर स्टार

३. बेस्ट होटल अफ द इअर – थ्रि स्टार

४. बेस्ट रिसोर्ट अफ द इअर

५. बेस्ट बुटिक होटल अफ द इअर

६. बेस्ट होटल – टुरिस्ट स्टाण्डर्ड नन् स्टार

७. बेस्ट चेन होटल अफ द इअर – नेशनल

८. बेस्ट होटल अफ द इअर – डिजाईन एण्ड इन्फ्रास्ट्रक्चर

९. बेस्ट होटल अफ द इअर – इको फ्रेण्डली

१०. बेस्ट रेष्टुराँ अफ द इअर

११. बेस्ट चेन रेस्टुराँ अफ द इअर – नेशनल

१२. बेस्ट सेफ अफ द इअर – नेपाली

१३. बेस्ट सेफ अफ द इअर – इन्टरनेशनल

१४. बेस्ट क्यासिनो अफ द इअर

टुरिजम हिरो अवार्ड २०२४ को आयोजक ग्लोबल टुरिजम प्रोमोसन काउन्सिल का अध्यक्ष धमेन्द्र सापकोटाले आयोजित पत्रकार सम्मेलनमा यो अवार्ड विशुद्ध पर्यटन प्रबर्धनमा योगदान पुर्‍याउने ब्यक्ति तथा संस्थालाई प्रोत्साहित गर्ने उदेश्यले आयोजना गरिएको बताए भने यसमा आयोजकले विवादमा आउने कुनै पनि कार्य नगर्ने नगराउने प्रतिबद्धता जनाए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।