जि डब्लु एमको ओरा ०३ ईभीमा ५ लाख सम्मको लाभ


जि.डब्लु.एमको ओरा ०३ ईभी खरिद गर्नेले ५ लाख रुपैयाँसम्मको लाभ पाउने भएका छन् ।

नेपालका लागि जि डब्लु एमको आधिकारिक बिक्रेता भि.जि इम्पेक्स प्रा.लि. ले इलेक्ट्रिफाइङ डिलका साथ ओरा ०३ इलेक्ट्रिक क्रसओभरको लागि नयाँ बिक्री योजना ल्याएको हो ।

जि.डब्लु.एमका सवारीसाधनहरु (हाभल, पावर, ओरा) को बिक्री बितरण गर्दै आएको भि.जि. ले नयाँ बिक्री योजना अनुसार ०३ इलेक्ट्रिक क्रसओभरको खरिदमा ५ लाख बराबरको लाभ लिन सक्ने जनाएको छ ।

माघ २८ देखि फागुन ३० गतेसम्म लागू हुने योजना अनुसार आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्ष सम्मको वृहत बीमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एक्सेसरीज उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।

ओरा ब्रान्ड अन्र्तगत ओरा ०३ ईभीे सबैभन्दा लोकप्रिय मोडल रहेको बताएको कम्पनीले रेट्रो– मोर्डन डिजाइन, राम्रो बिल्ड क्वालिटी र आधुनिक सुविधाका कारण अष्ट्रेलिया, न्यूजिल्याण्ड, इङ्गल्याण्ड, जर्मनी, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, ब्राजिल, चिली जस्ता देशहरूमा यो गाडी दोकप्रिय भएको कम्पनीको दाबी छ ।

नेपालमा पनि ओरा ०३ ले आफ्नो अद्वितीय स्टाइल, उत्कृष्ट सवारी गुणस्तर र राम्रो ड्राइभ दायराका कारण छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको विज्ञप्तिमा उल्लेख छ । “ओरा ०३ लाई शतप्रतिशत इलेक्ट्रिक प्लेटफर्ममा डिजाइन गरिएको छ र सुरक्षित फिचरहरु भएकाले ओरा ०३ लार्ई एएनसीएपी र युरो एनसीएपीबाट फाइभ स्टार सेफ्टि रेटिङ प्रदान गरिएको छ,” कम्पनीले भनेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।