नेक्ससको पढाईसँगै क्रिकेट अभियान : २०० जना क्रिकेटरलाई २० दिने नि:शुल्क क्याम्प

0
Shares

काठमाडौंको पेप्सीकोमा रहेको नेक्सस क्रिकेट एकेडेमीले यस बर्ष एसइइ दिने २०० जना क्रिकेट खेलाडीहरूलाई २० दिने नि:शुल्क क्रिकेट क्याम्प आयोजना गर्ने भएको छ ।

ग्रासरूट क्रिकेट बिकासमा कोषेढुङगा साबित एसइइ क्याम्प लाई निरन्तरता दिदै नेक्ससले एसइइ क्याम्प को पांचौ संस्करण २०८० चैत्र २८ गते देखि २०८१ बैशाख १८ गते सम्म मुलपानी क्रिकेट रंगशाला र एकेडेमीको प्राङ्गणमा संचालन गर्न लागेको नेक्सस क्रिकेट एकेडेमीले जनाएको छ ।

उक्त क्याम्पमा सहभागी हुन खेलाडी हरूले अनलाइन फारम भर्नु पर्ने छ । फारम भर्ने पहिलो २०० जना लाई क्याम्पमा सहभागी गराईने बताईएको छ ।

उक्त क्याम्पमा सहभागी खेलाडी लाई पाकिस्तान को पहिलो श्रेणी का खेलाडी रहिसकेका पाकिस्तान क्रिकेट बोर्डबाट लेभल १ गरेका प्रशिक्षक ईम्तिहाज हुसेन र बरिस्ठ नेपाली प्रशिक्षक हरूले ट्रेनिङ दिने बताउदै हरेक खेलाडीलाई १० खेल खेल्ने अबसर प्रदान गर्ने कुरा नेक्ससका अध्यक्ष भरत कुमार शाहीले जानकारी दिए ।

एसइइ क्याम्प क्रिकेटका नव प्रतिभा हरूको खोजी गरि नेपाली क्रिकेट लाई अब्बल खेलाडी सुम्पिने महत्त्वपूर्ण अभियान रहेको बताउँदै शाहीले एसइइ क्याम्प बाटै नेपालको अन्डर नाईनटिन टिमका महत्त्वपूर्ण खेलाडी उत्तम थापा मगर र अन्डर सिक्सटिनका अशोक धामी लगायतका दर्जन खेलाडी जन्मिएको बताए ।

पुर्ण नि:शुल्क संचालन हुने एसइइ क्याम्प लाई सफलपार्न सहयोगका लागि सरोकारवाला सबैमा नेक्सस क्रिकेट एकेडेमीले अपिल पनि गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।