सन् २०२४ मा पाँच प्रतिशत आर्थिक वृद्धि गर्ने चीनको लक्ष्य


चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनअनुसार यस वर्ष सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना हुने र सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर करिब पाँच दशमलव पाँच प्रतिशत हुने अनुमान गरिएको छ ।

कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सँगको घाटाको अनुपात तीन प्रतिशत कायम गर्ने र सन् २०२३ को बजेटबाट सरकारी घाटा एक खर्ब ८० अर्ब युआनले बढ्ने गरी सक्रिय वित्तीय नीति र विवेकपूर्ण मौद्रिक नीतिलाई निरन्तरता दिइने पनि प्रतिवेदनमा उल्लेख छ ।

चीनमा यस वर्ष स्थानीय सरकारहरूका लागि ३९ खर्ब युआनको विशेष प्रयोजनका ऋणपत्र जारी गरिने छ । यो गत वर्षभन्दा एक सय अर्ब युआन बढी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ फागुन २०८०, बुधबार  ०७ : ०५ बजे