प्रोभिडेन्ट मर्चेन्ट बैकिङ्ग लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख २५ हजार ४०४ कित्ता सेयर बोलकबोलमार्फत बिक्रीमा ल्याएको हो ।
कम्पनीले नेपाल बोर्ड सम्बन्धी ऐनको अधिनमा रही विद्यमान संस्थापकलाई नै पहिलो प्राथामिकता दिएको छ । उक्त सेयरमा अन्य व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन पाउने छैनन् ।
संस्थापक सेयरधनीहरुले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, शाखा कार्यालय नयाँबानेश्वर काठमाडौमा ३५ दिन भित्र आवेदन दिन सक्ने छन् । संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन नपरेमा भने अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया