स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स करारमा नियुक्ति गर्ने भएको छ ।
स्वास्थ्य निर्देशनालयको चालु आर्थिक वर्ष २०८०\८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामुदायिक विद्यालयमा काम गर्ने गरी “एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत विद्यालय नर्स सेवा करारमा लिने भएको हो । करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो ।
निर्देशनालयका अनुसार विद्यालय नर्स पाँचौँ तहको पदमा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता अद्यावधिक भएका व्यक्तिले आवेदन दिन सक्ने छन् ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र प्रदेशका १३ जिल्ला स्थित स्वास्थ्य कार्यालयहरूमा गई आवेदन दिन सक्नेछन् । आवेदकले एक स्थानीय तहमा मात्र आवेदन दिनु पर्ने निर्देशनालयले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया