भारतीय शेयर बजारमा सुधार, सेन्सेक्स र निफ्टी दुबै बढे

0
Shares

भारतीय शेयर बजारमा बिहीबार सुधार आएको छ। यो साताको सोमबारदेखि घट्न थालेको भारतीय शेयर बजार बिहीबार सुधारको गतिमा देखिएको हो।

बुधबार २०८ अंकले घटेको बम्बे स्टक एक्सचेञ्ज (विएससी) परिसूचक सेन्सेक्स बिहीबार २७१ अंकले बढेको हो। त्यसैगरी नेशनल स्टक एक्सचेञ्ज परिसूचक निफ्टी पनि ७३.५४ अंकले बढेको छ।

बिहीबार कारोबार सुरु हुँदा एलएडटी तथा एक्सिस बैंक अर इन्फोसिसको शेयर मूल्यमा सुधार आएपछि सेन्सेक्स १२५ अंकले सुधार आएको हो।

विएसइको ३० शेयरको सूचक सेन्सेक्स कारोबारको सुवातिमा नै १२५ दशमलव १७ अंकले बढेर २१ हजार २४०.५५ अंकमा पुगेको छ । त्यसैगरी नेशनल स्टक एक्सचेञ्जको परिसूचक निफ्टी पनि कारोबार सुरुवातमा ३४.०५ अंकले बढेर १४ हजार १४० दशमलव ९५ अंकमा पुगेको थियो।

सेन्सेक्सका लार्सन एण्ड टुब्रो, तथा एक्सिस बैंकको शेयर मूल्यमा २.७७ प्रतिशतको सुधार आएपछि समग्र सूचक नै प्रभावित भएको हो। यी कम्पनीको त्रैमासिक कार्यसम्पादन राम्रो आएको हुनाले पनि ती कम्पनीको शेयर मूल्यमा सुधार आएको हो। अर्कोतर्फ भने हिन्दुस्तान युनिलिभर लिमिटेड, नेस्ले, एसियन पेन्ट्स, तथा महिन्द्रा कम्पनीको शेयरमूल्य घटेको थियो।

विश्वका शेयर बजार नकारात्मक रहिरहेको अवस्थामा पनि भारतीय शेयर बजारका केही कम्पनीको शेयर मूल्यमा सुधार आउँदा समग्र बजार नै सकारात्मक देखिएको हो ।