रेमिट्यान्स र सरकारी खर्च बढेपनि बैंकको निक्षेप वृद्धिदर घट्यो, पूँजी पलायनको आशंका

0
Shares

चालु आर्थिक वर्षको मंसिरसम्ममा बैंकहरुको निक्षेप वृद्धिदर घटेको छ । गत आर्थिक वर्षको मंसिरसम्ममा बाणिज्य बैंकहरुमा एक खर्ब ५० अर्ब निक्षेप थपिएकोमा चालु आवको सोहि अवधिमा भने एक खर्ब १४ अर्ब रुपैयाँ मात्र निक्षेप बढेको छ ।

रेमिट्यान्स तथा सरकारी खर्च बढेको अवस्थामा बैंकहरुमा गत वर्षको पाँच महिनाको भन्दा थोरै निक्षेप जम्मा हुनुले पूँजी पलायन भएको हुन सक्ने जानकारहरु बताउँछन । सरकारले सम्पत्ति शुद्धिकरण निवारणका लागि निक्षेप राख्दा होस वा कर्जा लिदा बुझाउनुपर्ने विवरण तथा कर कार्यालयमा र ऋणका लागि बैंकलाइ बुझाउने विवरण एउटै हुनुपर्ने व्यवस्थाले पैसा पलायन भएको वा बैंकिङ प्रणाली भन्दा बाहिर गएको हुन सक्ने उनीहरुको विश्लेषण छ । पछिल्लो समयमा आएका सरकारी नीतिका कारणले पूँजी पलायन भएको वा पैसा अनौपचारीक अर्थतन्त्रमा व्यवस्थापन गरिएको जानकारहरुको भनाइ छ ।

बैंकहरुले निक्षेपको स्रोतको रुपमा सरकारी खर्च र रेमिट्यान्सलाइ देखाउदै आएका छन । चालु आर्थिक वर्षको मंसिरसम्ममा सरकारी खर्च तथा रेमिट्यान्स वढेको भएपनि बैंकहरुमा थपिने निक्षेपमा कमी आएको हो । रेमिट्यान्स र सरकारी खर्चमा वृद्धि हुदाँ पनि गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवमा निक्षेप घट्नु भनेको पूँजी पलायन भएको वा अनैपचारीक क्षेत्रमा पैसा गएको पुर्व बैंकर लीला प्रकास सिट्टैलालले बताए ।

गत आर्थिक वर्षको मंसिरसम्ममा सरकारी खर्च २७३.७४ अर्ब रुपैयाँ सरकारी खर्च भएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा सरकारी खर्च बढेर २९५.५८ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी चालु आर्थिक वर्षको मंसिर सम्ममा ३७६ अर्ब ९९ करोड रुपैयाँ विप्रेषण आप्रबाह भएको छ । गत आर्थिक वर्षको मंसिरसम्ममा ३७६ अर्ब ५९ करोड रुपैयाँ विप्रेषण आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको मंसिरसम्ममा बाणिज्य बैंकहरुमा मात्र १५० अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । तर, चालु आवको सोही अवधिमा भने घटेर ११४ अर्ब रुपैयाँ मात्र निक्षेप थपिएको छ । बैंकको निक्षेपको स्रोत सकारात्मक भएपनि सरकारले अर्थतन्त्रका लागि लिएको नीतिका कारण पूँजी पलायन भएको वा पैसा लुकेको कारणले गत आवको मंसिरसम्म थपिएको निक्षेप भन्दा चालु आवको सोहि अवधिमा थपिएको निक्षेप ३६ अर्बले घटेको सिट्टौला बताउछन । “अहिले पूँजी पलायनको सम्भावना उच्च देखिएको छ,” सिट्टौलाले भने,“सम्पक्ति शुद्धिकरण निवारणका लागि सानो निक्षेप तथा कर्जामा पनि विस्तृत विवरण पेस गर्नु पर्ने झन्झटका कारण पनि पूँजी पलायन भएको हुन सक्ने देखिन्छ ।”

क्यापिटल फ्लाइट नै नभएको भएपनि पैसा कही न काँही लुकेको सिट्टौलाको विश्लेषण छ । अहिले अर्थ प्रशासकले पैसा लगानीको सन्दर्भमा नबुझेको देखिने उनको तर्क छ । बैंकमा गोएएमएलका कारण कडाइ भएको वित्तीय कारोबार सहकारी तर्फ सिफ्ट भएको बताउदै सिट्टौलालले भने,“मनी को फ्लो स्वतन्त्र हुन सकेको छैन । कही न कही अवरोध छ ।”

पछिल्लो समयमा बैंकहरु शेयर बजारमा लगानी गर्ने लगानीकर्ताका लागि कर्जा दिने भन्दै आफै बोलाउन थालेको अवस्था पनि छ । बाणिज्य बैंकहरु शेयरमा कारोबार गर्नेलाइ ऋण दिन खोजिरहेको अवस्था रहेको बताउदै उनले भने,“अन्य क्षेत्रका लागि कर्जा दिन पारदर्शी लेखा प्रणाली छैन । त्यसले गर्दा शेयर कारोबारीले कर तिरेको देखाउन सक्छन भनेर बैंकहरु त्यता लागेको देखिन्छ ।” शेयर बजारका लागिनीकर्ताले पनि सबै कर चुक्ता गरेको अवस्था छ भने मात्र कर्जा पाउने हो । पछिल्ला दिनहरुमा समग्र अर्थतन्त्र अलमलीएको र आफठ्यारो स्थितीवाट हिडेको उनको तर्क छ ।

मंसिरसम्मको तथ्याङक अनुसार निक्षेप थपिने अनुपातमा कमी आएको भएपनि पुसमा आएपछि बराबर भएको एक बैंकरले बताए । सरकारी खर्च र रेमिट्यान्स वढेको देखिएपनि ठेगदारको विवादका कारण भुक्तानी बाँकी रहेकाले बैकिङ प्रणालीमा त्यो पैसा आउन नसकेको उनको तर्क छ ।

तर, पुसमसान्तसम्ममा ठेगदारको विवादमा सुधार आएको हुनाले पुसमा उच्च दरमा निक्षेप थपिएको पनि ति बैंकरले जानकारी दिए । सरकारी खर्च बढ्यो भने, करेन्सी इन सर्कुलेसन घट्यो भने, रेमिट्यान्स वढ्यो भने बैंक वित्तीय संस्थाको निक्षेप वढ्ने बताउदै ति बैंकरले भने,“नेपाल सरकारले आर्थीक नीतिमा कडाई गरेपछि पैसा हराउनु समान्य पनि हो ।” पैसा भनेको धेरै प्रतिफल र सहज बातावरणमा नै औपचारिका रुपमा कारोबार हुने भएकाले कडा नीतिले समग्र अर्थतन्त्रलाइ नै असर गर्न सक्ने उनको विश्लेषण छ ।

चालु आर्थिक वर्षको साउनको सुरुमा बैंकहरुको कुल निक्षेप २८ खर्ब ७८ अर्ब रुपैयाँ थियो । यो निक्षेप चालु आवको मंसिरमसान्तसम्ममा ११४ अर्ब थपिएर कुल २९ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो महिनाको सुरुवातिमा बैंकहरुको कुल निक्षेप २४ खर्ब ७० अर्ब थियो । गत आवको मंसिरसम्ममा बैंकहरुको यस्तो निक्षेप १५० अर्बले वढेर २६ खर्ब २० अर्ब रुपैयाँ पुगेको थियो ।