सर्वोत्तम सिमेन्टको नगद लाभांश कहिलेसम्म सेयर खरिद गर्नेले पाउँछन् ?

0
Shares

सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।

कम्पनीले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्न आगामी वैशाख १२ गते साधारण सभा बोलाएको छ ।सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बस्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार एकदिन बुकक्लोज गर्ने भएको छ । बुकक्लोजका आधारमा चैत २९ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।