दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १०.७१ अङ्कले घटेर २०२५.३० को बिन्दुमा कायम भएको हो । अघिल्ला दुई कारोबार दिनमा करिब ३२ अंक बढेर बन्द भएको थियाे । 

आज ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर ६१ हजार ४२० पटक खरिदबिक्री हुँदा ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६४० रुपैयाँ बराबरको कारोबार भएको छ ।अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको सेयर खरिद बिक्री भएको बजारमा नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको हाे ।

उत्पादन तथा प्रशोधन समूह ०.१३ र व्यापार समूह १.४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह २.५० प्रतिशतले घटेको छ । बैंकिङ ०.०३, विकास बैंक १.२५, होटल तथा पर्यटन १.६७, जलविद्युत् ०.०४ र लगानी ०.४० प्रतिशतले घटेको छ । त्यसैगरी जीवन बीमा समूह १.२५, लघुवित्त १.१५, म्युचुअल फन्ड ०.७३, निर्जीवन बीमा समूह १.०४ र अन्य समूह ०.४४ प्रतिशतले घटेको छ ।

बुधबारको बजारमा मान्डु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.६९ प्रतिशतले बढेको छ । त्यसैगरी, यस दिन खानीखोला हाइड्रोपावरको सेयर मूल्य ८.२६ प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको सेयर मूल्य करिब ७.७३ प्रतिशत बढेको छ।

सबैभन्दा धेरै घट्नेमा भने सिंगटी हाईड्रो इनर्जी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस दिन सो कम्पनीको शेयरमूल्य १९ रुपैयाँ घटेर १७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, वीन नेपाल लघुवित्तको सेयर मूल्य करिब ९.९३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १२ करोड ५४ लाख ८८ हजार बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन गोर्खाज फाइनान्सको कारोबार ११ करोड नाघेको छ भने नेपाल फाइनान्स र पोखरा फाइनान्सको करिब १० करोडको सेयर किनबेच भयो।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको २ लाख ५६ हजार सात सय आठ कित्ता सेयर किनबेच भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।