नयाँ वर्षको सुरुवातमै घट्यो नेप्से, लघुवित्त र फाइनान्सका सेयरमा आकर्षण

0
Shares

नयाँ वर्ष २०८१ को पहिलो कारोबार दिनमा नै नेप्से घटेर सुरुवात भएको छ । वर्षकै पहिलो कारोबार दिन आइतबार नेप्से २.३५ अंकले घटेसँगै सूचक २०२३.३५ बिन्दुमा झरेको छ ।

बजारमा सकारात्मक माहोल सिर्जना हुन नसक्दा कारोबार रकम औसतमा नै रहेको छ । यसदिन दिनभरमा २ अर्ब ७४ करोड ९६ लाख ५२ हजार २६४ रुपैयाँ बराबरका ७० लाख ४२ हजार ९३९ कित्ता सेयर खरिद बिक्री भएको छ। ५३ हजार ८३९ ओटा संख्याबाट उक्त कित्ता सेयर कारोबार भएको हो ।

बजार घटेपनि लघुवित्त र वित्त कम्पनी (फाइनान्स) का सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये ४ ओटा बढ्दा ९ ओटा घटेका छन् । लघुवित्त सर्वाधिक १.९१ र फाइनान्स १.०४ प्रतिशतले बढ्दा ब्यापार ०.५० र जलविद्युत ०.३९ प्रतिशतले बढेको छ । आज निर्जीवन बीमा सर्वाधिक १.०३ प्रतिशतले घटेको छ भने लगानी ०.८२, म्युचुअल फन्ड ०.७३ र जीवनबीमा ०.७० प्रतिशतले घटेको छ ।

आइतबार शीष सेयर मूल्य बढेका दश कम्पनीमा सात ओटा लघुवित्त मात्रै छन् । सबैभन्दा बढी मूल्य बढेको श्रृजनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै एनआईसी एशिया लघुवित्त ९.७२, दोल्ती पावर ९.३५, राप्ती हाइड्रो ९.२३, मिथिला लघुवित्त ८.७०, कालिका लघुवित्त ८.१२, मनकामना स्मार्ट लघुवित्त ७.९६, सबैको लघुवित्त ७.७६, पोखरा फाइनान्स ७.६९ र महुली लघुवित्तको सेयर मूल्य ७.३२ प्रतिशतले बढेको छ ।

उता गुराँस लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतले गुमाएका छन् । नकारात्मक सर्किट लागेर घटेको कम्पनीको सेयर मूल्य २१०६ रुपैयाँमा झरेको छ । यस्तै हिमालयन ८०–२० को इकाई मूल्य ४.४१ र तेह्रथुम पावरको ४.३८ प्रतिशतले घटेको छ ।

आज कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावरको २१ करोड ४७ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ६ लाख ४० हजार ८७० कित्ता धितोपत्र ५९० ओटा सङ्ख्यामा खरिद बिक्री भएको छ। यस्तै पोखरा फाइनान्सको ११ करोड ७ लाख, ङादी ग्रुप पावरको १० करोड ३८ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ करोड ९२ लाख र कारोबार सङ्ख्याका आधारमा सर्वाधिक २ हजार ६४२ ओटा कारोबार भएको हिमालयन रि इन्स्योरेन्सको ७ करोड ४५ लाख रुपैयाँ बराबरको धितोपत्र किनबेच भयो ।

आज कुल बजार पुँजीकरण ३२ खर्ब ८ अर्ब २७ करोड १ लाख रुपैयाँ बराबर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।