नयाँ वर्षको पहिलो दिन यी कम्पनीका लगानीकर्ताले कमाए

0
Shares

विसं २०८१ सालको पहिलो कारोबार दिन आइतबार नेप्से सामान्य अंकले घटेपनि केही कम्पनीका लगानीकर्ताले भने राम्रै नाफा आर्जन गरेका छन् ।

सेयर बजार उकालो लाग्न नसकेपनि श्रृजनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको सेयर मूल्य १२६२ रुपैयाँ ८० पैसा पुगेको छ। यसैगरी एनआईसी एशिया लघुवित्त ९.७२ प्रतिशतले बढेर ६६७ रुपैयाँ पुगेको छ । आजको बजारबाट दोल्ती पावरको सेयरमा लगानी गरेकाले ९.३५ र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर लगानीकर्ताले ९.२३ प्रतिशतका दरले नाफा कमाएका छन् । यससँगै दोल्ती पावरको प्रतिकत्ता मूल्य ५३२ रुपैयाँ र राप्ती हाइड्रो एण्डजनरल कन्स्ट्रक्सनको ३५३ रुपैयाँ ९० पैसा पुगेको छ ।

आजको बजारमा मिथिला लघुवित्तको सेयर मूल्य ८.७० प्रतिशतले वृद्धि भएर १०८७ रुपैयाँ पुग्दा अर्को लघुवित्त कालिकाको ८.१२ प्रतिशत बढेर ८२३ रुपैयाँ ९० पैसा पुगेको छ । यसैगरी आजको बजारबाट मनकामना स्मार्ट लघुवित्तको लगानीकर्ताले ७.९६ प्रतिशत र सबैको लघुवित्तको ७.७६ प्रतिशतले बढेको छ । यससँगै कम्पनीको मनकामना स्मार्ट लघुवित्तको प्रतिकित्ता मूल्य १००४ रुपैयाँ र सबैको लघुवित्तको ८३३ रुपैयाँ पुगेको छ । पोखरा फाइनान्सको सेयर मूल्य ७.६९ प्रतिशत बढेर ५४६ रुपैयाँ पुग्दा महुली लघुवित्तको सेयर मूल्य ७.३२ प्रतिशतले बढेर ११४० रुपैयाँ कायम भएको छ । आइतबार शीष सेयर मूल्य बढेका दश कम्पनीमा सात ओटा लघुवित्त मात्रै छन् ।

Top Gainers

S.N. Symbol LTP Pt. Change % Change
1 SHLB 1,262.80 114.80 10.00
2 NICLBSL 667.00 59.10 9.72
3 DOLTI 532.00 45.50 9.35
4 RHGCL 353.90 29.90 9.23
5 MLBBL 1,087.00 87.00 8.70
6 KMCDB 823.90 61.90 8.12
7 MKLB 1,004.00 74.00 7.96
8 SABSL 833.00 60.00 7.76
9 PFL 546.00 39.00 7.69
10 MSLB 1,140.00 77.80 7.32

 

नयाँ वर्षको उमङ्गसँगै लगानीकर्ताले सोचेको जस्तै यो वर्षको पहिलो दिन बजार उकालो लाग्न सकेन । आज सबैभन्दा बढी मूल्य घटेको गुराँस लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतले गुमाएका छन् । नकारात्मक सर्किट लागेर घटेको कम्पनीको सेयर मूल्य २१०६ रुपैयाँमा झरेको छ ।

यस्तै हिमालयन ८०–२० को इकाई मूल्य ४.४१ प्रतिशत घटेर ८ रुपैयाँ ६८ पैसा, तेह्रथुम पावरको ४.३८ प्रतिशतले घटेर ५०२ रुपैयाँ, तारागाउँ रिजेन्सी होटलको ३.९३ प्रतिशतले घटेर ७३० रुपैयाँ १० पैसा र ग्लोबल आइएमई ब्लालेन्स्ड फन्ड–१ को ३.९१ प्रतिशतले घटेर ८ रुपैयाँ ३६ पैसामा झरेको छ ।

 
S.N. Symbol LTP Pt. Change % Change
1 GLBSL 2,106.00 -234.00 -10.00
2 H8020 8.68 -0.40 -4.41
3 TPC 502.00 -23.00 -4.38
4 TRH 730.10 -29.90 -3.93
5 GIBF1 8.36 -0.34 -3.91
6 NICGF 9.61 -0.38 -3.80
7 HHL 373.10 -13.90 -3.59
8 CHDC 843.00 -30.00 -3.44
9 PRSF 8.70 -0.30 -3.33
10 SAMAJ 1,910.00 -61.00 -3.09
 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।