ब्याज आम्दानी घटेपनि आरएसडिसी लघुवित्तले ३०% धेरैले बढायो नाफा

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०८१ को तेस्रो त्रैमाससम्म ११ करोड २१ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको ९ महीनाको अवधिसम्ममा लघुवित्तले ८ करोड ६० लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त लघुवित्तको खुद ब्याज आम्दानी १३.४८ प्रतिशतले घटेपनि खुद नाफा भने ३०.३४ प्रतिशतले वृद्धि गरेको हो । गत आवको यसै अवधिमा खराब कर्जा वापतको व्यवस्थापन रकम (इम्पेरमेन्ट चार्ज) उच्च रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा रिभर्स हुँदा नाफामा आकर्षक सुधार आएको हो ।

चैत मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १८ करोड ५१ लाख ९४ हजार रहेको छ। गत आवको यसै अवधिमा २१ करोड ४० लाख ४४ हजार थियो । यस्तै गत आवको चैतसम्म ७ करोड ३७ लाख इम्पेरमेन्ट चार्ज व्यवस्था गरेकोमा अहिले ५५ लाख रुपैयाँ रिभर्स भएको छ ।
तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्ने गर्नेमा पहिलो भएको कम्पनीले ८ करोड ६१ लाख ८३ हजार रुपैयाँ वितरणयोग्य मुनाफा गरेको छ ।

आज प्रकाशित विवरण अनुसार कम्पनीको चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार रुपैयाँ, रिटेर्न अर्निङ्गमा ११ करोड २७ लाख तथा साधारण जगेडामा १२ करोड ४ लाख गरी कुल २३ करोड ३१ लाख रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्म अवधिसम्ममा लघुवित्तले ५ अर्ब ६५ करोड ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर ६ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको तुलनामा सापटी ४.६१ र कर्जा लगानी १.८० प्रतिशतले संकुचित बनेको छ ।

लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ४८.०३ प्रतिशत, कुल सञ्चालन आम्दानी १६.०३ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ३०.३० प्रतिशत बढेको छ। चैत मसान्तसम्म लघुवित्तको १ करोड ११ लाख ७१ हजार, कुल सञ्चालन आम्दानी १९ करोड ७९ लाख ४ हजार र सञ्चालन मुनाफा १६ करोड १ लाख २८ हजार रहेको छ।

चैत मसान्तसम्ममा लघुवित्तको प्रति सेयर आम्दानी वार्षिक १५ रुपैयाँ ८३ पैसा, प्रति सेयर नेटवर्थ १२४ रुपैयाँ ६९ पैसा, आधारदर ११.०२, कस्ट अफ फन्ड १०.१६, मूल्य आम्दानी अनुपात ३८.१० गुणार खराब कर्जा अनुपात २.९९ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।