अर्घाखाँची सिमेन्टले आईपीओ जारी गर्दै, एनएमबि क्यापिटल बिक्री प्रबन्धक चयन

0
Shares

अर्घाखाँची सिमेन्ट लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । सर्वसाधारणका लागि आईपीओ जारी गर्न कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

साधारण सेयर निष्कासन गर्ने सम्बन्धमा सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा अर्घाखाँची सिमेन्ट लिमिटेडका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकता पूरा गरी छिट्टै नै आईपीओ जारी गर्ने कम्पनीको तयारी छ । त्यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ भने बोर्डबाट आईपीओ बिक्री गर्न अनुमति पाएपछि सर्वसाधारणमा एनएमबि क्यापिटल लिमिटेड मार्फत निष्कासनमा आउनेछ ।

सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको तयारीका साथ कम्पनी आर्थिक वर्ष २०७७र७८ मा प्राइभेटबाट अर्घाखाँची सिमेन्ट पब्लिक कम्पनी बनेको थियो ।  सिमेन्ट कम्पनीले अर्घाखाँची ओपीसी सिमेन्टले ४३ ग्रेडको इजाजत पाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले ‘एनएचएस–५७२’ प्रमाणीकरण गरी कम्पनीलाई ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका पशुपति मुरारका कम्पनीमा सञ्चालक छन् । कम्पनीमा नेपालको व्यवसायीक घरनाहरु मुरारका ग्रुपसहित सिद्धार्थ ग्रुप, केडिया ग्रुपको लगानी रहेको छ ।

अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादन क्षमता बढाएर दैनिक ३ हजार टन पुर्याएको छ । साथै लगानी समेत बढाएर ७ अर्ब रुपैयाँ पुर्याइसकेको छ । अर्घाखाँची सिमेन्टले हाल आफ्नो उत्पादन क्षमता बढाए क्लिंकर, ओपीसी र पीपीसी सिमेन्टको उत्पादन गरिरहेको छ । अर्घाखाँची सिमेन्ट नेपालको ठूलोमध्येको एक कम्पनी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।