एसईईमा सहभागी विद्यार्थीहरुलाई एसबिआई मर्चेण्टको बम्पर छुट

0
Shares

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८० मा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित योजना सार्वजनिक गरेको छ । एसबिआई मर्चेण्टले डिम्याट तथा मेरो सेयर खाता खोल्न २०८१ जेठ मसान्तसम्मका लागि विभिन्न बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको हो ।

एसबिआई मर्चेण्टले निःशुल्क डिम्याट र एक वर्ष डिम्याट तथा मेरो सेयरको नवीकरणमा ५० प्रतिशत छुट दिने भएको छ। सामानय शुल्क २०० रहेको उक्त योजना ५० प्रतिशत छुट सहित १०० मा उपलब्ध हुनेछ ।

यसैगरी निःशुल्क डिम्याट खाता खोली आजिवन नवीकरणमा ८०.१४ प्रतिशत र निःशुल्क डिम्याट खाता खोली आजिवन डिम्याट तथा मेरो सेयर नवीकरणमा ८२.३१ प्रतिशत छुट पाउनेछन् । निःशुल्क डिम्याट खाता खोली आजिवन नवीकरणको सामान्य शुल्क ७५५० रहेकोमा उक्त सेवा छुट सहित १४९९ रुपैयाँमा तथा निःशुल्क डिम्याट खाता खोली आजिवन डिम्याट तथा मेरो सेयर नवीकरणमा ११ हजार ३०० रुपैयाँ सामान्य शुल्क रहेकोमा छुट सहित १९९९ मा उपलब्ध हुने जनाइएको छ ।उल्लेखित छुट सहितका सेवा प्राप्त गर्नका लागि, नेपाल एसबिआई बैंकका शाखाहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्पर्क गर्न सक्ने बताइएको छ ।

यस्ता खाताहरुको सहज पहुँचले विद्यार्थीहरुलाई सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पुँजी बजारमा सहभागिताका साथै वित्तीय शिक्षा र लगानी गर्न विद्यार्थीहरुमा सानै उमेरदेखी जागरुक गर्ने विश्वास कम्पनीले लिएको छ ।  

यस सम्बन्धी थप जानकारीका लागि एसबिआई मर्चेण्ट बैंकिङ्गको वेवसाइटमा हेर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।