इन्फिनिटी लघुवित्तको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0
Shares

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६० हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले सेयरधनीको नाममा रहेको ६० हजार ५० कित्ता सेयर आम सर्वसाधारण समेतले खरिद गर्न पाउनेगरी बिक्रीमा ल्याएको हो ।

यो सेयरमा संस्थापक शेयरधनी वा जो–कोहीले खरिदका लागि आवेदन दिन पाउनेछन् । बिक्रीमा राखिएको उक्त सेयरको मूल्य भने प्रचलित नियमानुसार हुने कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक जो–कोहीले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गैंडाकोट–२, नवलपरासीमा आईपुग्ने गरी आवेदन दिनुपर्ने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।