कनेक्ट आइपीएसबाट स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउने अवसर


कनेक्ट आइपीएसले स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ती पाउन सकिने सुनौलो अवसर ल्याएको छ । अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरुले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रूपैयाँसम्मको छात्रवृत्ती रकम प्राप्त गर्न सक्नेछन् ।

यो अफर कनेक्ट आइपीएसबाट बैशाख ३१ गतेसम्म अनलाइन फी भुक्तानी गर्दा लागू हुनेछ । अफरको अन्त्य पछी कनेक्ट आइपीएसको आधिकारिक वेबसाईट (www.connectips.com) मा बिजेताको जानकारी प्रकाशित गरिनेछ । साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तीको रकम जम्मा गरिनेछ ।

अभिभावकहरु तथा विद्यार्थीहरुलाई कनेक्ट आइपीएस मार्फत अनलाइन फी भुक्तानी गर्न निकै सहज हुन्छ । कनेक्ट आइपीएसबाट ७०० भन्दा बढी स्कूलहरुको भुक्तानी गर्न सकिन्छ ।

भुक्तानीकर्ताले कनेक्ट आइपीएसको वेब वा एपमा लग इन गरी कनेक्ट आइपीएस अन्तर्गत क्रेडिटर्स पेमेन्टमा क्लिक गरी एजुकेसनल इन्स्टिच्युसनमा क्लिक गरी लिस्टबाट भुक्तानी गर्नुपर्ने स्कूल छनोट गरी मागिएका अन्य विवरण दाखिला गरी आफ्नो खाताबाट सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै शैक्षिक संस्थाहरुले आफ्नो तोकिएको बैंक खातामा सोझै रकम प्राप्त गर्न कनेक्ट आइपीएसमा क्रेडिटरको रुपमा आबद्ध हुन सक्नेछन् । यसका लागि आफ्नो सम्बन्धित बैंक वित्तीय संस्था सँग सम्पार्क गरी अनलाइन सेवा लिन सकिन्छ ।

कनेक्ट आइपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक प्रमुख तथा सजिलो माध्यम हो । कनेक्ट आइपीएसको वेब मार्फत प्रति कारोबार २० लाख रूपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख रूपैयाँसम्मको भुक्तानी गर्न सकिने छ । कनेक्ट आइपीएस मार्फत चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३,९०० अर्ब रूपैयाँभन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।