सुनको भाउ एकैदिन २७ सय रुपैयाँले घट्यो, मंगलबार कतिमा हुँदैछ कारोबार ?


सुनको भाउ एकैदिन प्रतितोला २७ सय रुपैयाँले घटेको छ । सोमबार ११ सय रुपैयाँले घटेको सुनको भाउ मंगलबार २७ सय रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य एक लाख ३४ हजार ८५० रुपैयाँमा करोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य एक लाख ३७ हजार ७५० रुपैयाँमा करोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ७०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३०५ दशमलव २७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २६डलर ९८ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।