ल्याक्मे सनस्क्रिन नेपालमा लन्च


सौन्दर्य ब्रान्ड ल्याक्मेले ‘स्टुन इन द सन’ ल्याक्मे सनस्क्रिन नेपालमा लन्च गरेको छ। ट्यागलाइनका साथ दरबारमार्गदेखि झम्सिखेलसम्म पहेँलो छाता ओढेर हिँड्दै सनस्क्रिन सार्वजनिक गरिएको हो।

युनिलिभर नेपालको अधीनमा ल्याक्मेले ल्याक्मे सन् एक्सपर्ट अल्ट्राम्याट लोसनको दुई नयाँ प्रकार एसपीएफ–५० र एसपीएफ–३० नेपालमा ल्याएको छ।सबै छालाका प्रकारहरूका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । 

नेपालमै बनाइएका यी उत्पादनहरू अब स्थानीय स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यी उत्पादनले यूभीए विरुद्ध सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार यूभीबी किरणहरूलाई ९७ प्रतिशतसम्म ब्लक गर्ने छ। सबै छालाका प्रकारहरूका लागि यी सनस्क्रिन उपयुक्त हुने कम्पनीको दाबी छ। कम्पनीले सूर्यबाट लुक्ने होइन: यो आत्मविश्वाससहित त्यसलाई अँगाल्ने सन्देश दिएको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।