डलरको भाउमा निरन्तर गिरावट, बुधबार कतिमा हुँदैछ कारोबार ?


अमेरिकी डलरको भाउमा निरन्तर गिरावट आएको छ । सोमबार खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको अमेरिकी डलर बुधबार खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ८२ पैसा रहेको छ ।

यसैगरी, बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८४ पैसा र बिक्री दर १६५ रुपैयाँ ५८ पैसामा कारोबार भइरहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८९ पैसा र बिक्री दर ८६ रुपैयाँ २८ पैसा रहेको छ । बुधबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८४ पैसा र बिक्री दर २७ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा रहेको छ । बुधबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७० पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।