नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
बैंकको संस्थापक सेयरमा संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने छन् ।
बैंकले यसअघि संस्थापक सेयरधनीहरुलाई आवेदन खुलाएको थियो । संस्थापक सेयरधनीबाट आवेदन नपरेको सेयर बैंकले अन्य व्यक्ति÷ संस्थालाई बिक्री गर्न लागेको हो ।
उक्त सेयरमा आज बैशाख १३ गतेदेखि ७ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं–१० बानेश्वर स्थित कानून विभागमा लिखित आवेदन दिन सक्ने छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया