सुनको भाउ एकैदिन १४ सय रुपैयाँले बढ्यो


शुक्रबार सुनको भाउ प्रतितोला १४०० रुपैयाँले बढेको छ । बिहीबार २०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार १४०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा करोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य १ लाख ३५ हजार १५० रुपैयाँमा करोबार भएको थियो ।

शुक्रबार चाँदी प्रतितोला १ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३३६ दशमलव १३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ५२ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।