हिमालयन लघुवित्तको नाफामा उच्च सुधार, ९ महीनामा सवा करोड नजिक

0
Shares

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा उत्साहजनक सुधार आएको छ । लघुवित्तले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

गत आवमा कम्पनीले ६५ लाख ५५ हजार रुपैयाँ नाफा कमाएकोमा समीक्षा अवधिमा ७३.८७ प्रतिशतले नाफा बढेको हो । चैत मसान्तसम्म वितरणयोग्य नाफा ६२ लाख रुपैयाँ छ ।

सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पुँजी ३१ करोड ९८ लाख रहेको छ । कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडा कोषमा ९ करोड ८७ लाख, रिटेन्ड अर्निङमा ६२ लाख ९ हजार र सेयर प्रिमियममा ४ करोड ५५ लाख रुपैयाँ सञ्चित छ ।

वित्तीय विवरण अनुसार कम्पनीको खुद खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ४.४६ प्रतिशत वृद्धिपछि १५ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ७३.७२ प्रतिशत वृद्धि भएर १ करोड ६२ लाख छ । कम्पनीको इम्पेयरमेन्ट चार्ज गत वर्ष भन्दा यस वर्ष घटेकाले सञ्चालन नाफा बढेको हो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज २ करोड २९ लाख रहेकोमा चालू आवमा घटेर १७ लाख ६० हजार मात्र छ ।

कम्पनीको नाफा बढेसँगै वार्षिक प्रति सेयर आम्दानी ४ रुपैयाँ ७५ पैसा पुगेको छ । गत आवको यसै अवधिमा २ रुपैयाँ ७३ पैसा रहेको थियो । त्यस्तै कम्पनीको प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ ४६ पैसा र आधार दर १५. ०२ प्रतिशत रहेको छ ।

कम्पनीको निष्क्रिय कर्जामा सामान्य सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४. ९१ रहेकोमा अहिले ४.६१ प्रतिशतमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।