भारतीय शेयर बजारमा १० वर्ष यता कै उच्च गिरावट


भारत सरकारले आर्थिक वर्ष २०२०/२१ का लागि शनिबार बजेट ल्याउँदै गर्दा शेयर बजारमा भने पछिल्लो १० वर्ष यता कै उच्च अंकको गिरावट आएको छ।
शनिबार आएको बजेटका कारण शेयर लगानीकर्तामा निरासता छाएको हो । बजेट आउने दिन पनि कारोबार भएको शनिबार बम्बै स्टक एक्सचेन्ज (वीएइ) सेन्सेक्स ९००.२९ अंकले घटेर ३९८०५.६१ अंकमा झरेको छ।

त्यसैगरी नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी २७६.८५ अंकले घटेर ११ हजार ६८५.२५ अंकमा झरेको छ । यसभन्दा अघि एक दिनमा सेन्सेक्स १हजार २७५ अंकले घटेको थियो । शनिबार कारोबार सुरु हुँदा देखि घट्दो क्रममा रहेको सेन्सेक्स बन्द हुँदासम्म निरन्तर घटी रह्यो । शनिबार कारोबार भएका अधिकासं कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

विशेषज्ञका अनुसार शेयर लगानीकर्तामा सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बजेटले ठोस व्यवस्था गर्ने अपेक्षा रहेको भएपनि सो अपेक्षाको सम्बोधन हुन नसक्दा सेयर बजारमा नकारात्मक असर देखिएको हो। लगानीकर्तामा बजेटलाई लिएर धेरै अपेक्षाहरु थिए।

वित्त मन्त्री निर्मला सितारमण लाभासं वितरण गर्दा लाग्ने कर वापतको रकम हटाउने प्रस्ताव बजेट मार्फत गरेपछि कम्पनीले तिर्दै आएका लाभांस कर अब लगानीकर्ताले तिर्नुपर्ने भएकाले पनि सेयर बजार थप नकारात्मक भएको हो ।

यसका साथै पूँजीगत लाभकरमा पनि कुनै खलको छुट नभएपछि लगानीकर्ता झनै निरास भएका हुन्। यो साता भारतीय सेयर बजारमा कारोबार भएका दिन पनि घट्दो क्रममा नै थियो।