लुम्बिनी जनरल इन्स्योरेन्स २०% हकप्रद पारित, चुक्ता पूँजी एक अर्ब पाँच करोड पुग्ने

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्सको बिशेष साधारणले चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको छ। बैशाख २५ गते बुधबार सम्पन्न सभाले चुक्ता पूँजी ८८ करोडको २० प्रतिशत बराबरको १७ करोड ६० लाखको हकप्रद जारी गर्ने अनुमोदन गरेको हो।

एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा असार मसान्तसम्म बीमा समितिबाट निर्धारित एक अर्ब चुक्ता कायम गर्नुपर्ने अवस्थाकोबीच हकप्रदमा जानुपरेको कम्पनीले जनाएको छ ।

सभालाई सम्बोधन गर्दै कम्पनी अध्यक्ष मनोहर दास मूललले आ.व. २०७४।०७५ को वित्तीय विवरणबाट बोनस शेयर वितरण गरी बीमा समितिबाट निर्धारित समयावधीमा चुक्ता पूँजी पूरा गर्ने योजना रहेपनि लक्ष्य अनुसार बोनस शेयर जारी गर्ने नसकिने अवस्था आएकोले सोको विकल्पमा समयावधीमा चुक्ता पूँजी कायम गर्न १० शेयर बराबर २ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न प्रस्ताव गरिएको बताए।

सभाले कम्पनीको हालको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने र हकप्रद पश्चात एक अर्ब पाँच करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी कायम गर्ने निर्णय गरेको सर्वसम्मतिले पारित भएको छ।