अष्ट्रेलियाले चीन हुँदै अष्ट्रेलिया जाने सबैको भिसा रद्ध गर्ने


अष्ट्रेलियाले चीनलाई ट्रान्जिट बनाई मुलुकमा प्रवेश गर्नेहरुको भिसा रद्ध गर्ने भएको छ । चीनमा कारोना भाइरसको प्रकोप बढ्दै गए पछि अष्ट्रेलियाले आफ्ना नागरिकलाई समेत बाहिर भ्रमण गर्नबाट निषेध गरेको छ ।

फेब्रुअरी १ देखि लागू हुने गरी अष्ट्रेलियाले चीनबाट हुने सबै किसिमका भिसाबाट प्रवेशमा रोक लगाएको हो ।

एक सूचना जारी गर्दै अष्ट्रेलिया सरकारले चीनबाट ट्रान्जिट हुँदै आउने स्वदेशी वा विदेशी सबैलाई यात्रा नगर्न भनेको हो । चीनलाई ट्रान्जिट बनाइ अष्ट्रेलियातर्फको यात्रा गरेमा तत्काल भिसा रद्ध गर्ने बताइएको छ ।

साथै वायु सेवाप्रदायक कम्पनीहरुले पनि समेत अष्ट्रेलिया आउने त्यस्ता यात्रुलाई समेत नलैजाने सूचनामा उल्लेख छ ।

‘यदी तपाईले अष्ट्रेलिया आउनका लागि सिधा उडान वा ट्रान्जिट हुँदै अष्ट्रेलिया आउँदै हुनुहुन्छ भने तपाईको भिसा रद्द हुनेछ भने क्वारेन्टाइन पिरियडका लागि तपाईलाई वैकल्पिक स्थानमा राखिनेछ ।’ सूचनामा भनिएको छ ।

अष्ट्रेलियन नागरिक, पीआर होल्डर, डिपेन्डेन्ट भिसा, भिजिट भिसा धारक जो कोहीलाई चीनको बाटो हुँदै अष्ट्रेलिया प्रवेश गरेमा सबैको टिकट रद्द हुने जानकारी दिएको छ ।