२५ अर्ब स्थायी निक्षेप सुविधा लिएका बैंकलाई निक्षेप संकलन उपकरण पनि

0
Shares

वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा संगै निक्षेप संकलन उपकरण पनि प्रयोग गर्दै आएको छ । बुधबार २५ अर्ब स्थायी निक्षेप सुविधा लिएका बैंकहरुका लागि केन्द्रीय बैंकले बिहीबारलाई निक्षेप संकलन उपकरण प्रयोग गर्ने भएको हो ।

बैंकहरुले बुधबार २४ अर्ब ७५ करोड रुपैयाँ बरावरको अधिक तरलता केन्द्रीय बैंकमा राखेका छन् । उक्त स्थायी निक्षेप मार्फत वित्तीय प्रणालीको अधिक तरलता वयवस्थापन नहुने भएपछि १४ दिन अवधिको ३५ अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।

बिहीबार यसभन्दा अघि जेठ १७ गते जारी भएको ५० अर्बको निक्षेप संकलन उपकरण परिपक्क हुन्छ । त्यसले गर्दा वित्तीय प्रणालमिा अधिक तरलता हुने भएपनि केन्द्रीय बैंकले बिहीबारका लागि ३५ अर्बको निक्षेप संकलन आह्वान गरेको हो । साथै बिहीबार यो साताको पहिलो दिन आइतबार बैंक वित्तीय संस्थाले उपभोग गरेको १४ अर्ब ७० करोड रुपैयाँ बराबरको स्थायी निक्षेप सेवाको अवधि पनि सकिने भएपछि अधिक तरलताको अवस्थालाई व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको पनि प्रयोग गर्ने भएको हो ।

बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा स्थायी निक्षेप मार्फत ४ दिनका लागि र निक्षेप संकलन उपकरण मार्फत ७ र १४ दिनका लागि केन्द्रीय बैंकमा पैसा राख्छन । यसरी पैसा राख्दा बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधामा ३ प्रतिशत ब्याजदर पाउछन् । त्यसैगरी निक्षेप उपकरणमा बोलकबोल मार्फत निर्धारण भएको ब्याजदर पाउछन । पछिल्लो समयमा स्थायी निक्षेपको ब्याजदर भन्दा निक्षेप संकलन उपकरणको ब्याजदर केही माथि छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।