प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, सेयरधनीलाई पहिलो प्राथमिकता


प्रभु बैंकले ३ लाख ३३ हजार ७९८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको सेयरमा आम सर्वसाधारणले आवेदन दिन नपाउने भएका छन् । बैंकले उक्त सेयर खरिदको लागि पहिलो प्राथकिमता संस्थापक सेयरधनीहरुलाई दिएको छ ।

संस्थापक सेयर खरिदको लागि सेयरधनीले आज असार २१ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा आवेदन दिनु पर्ने छ । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने उक्त सेयर अन्य व्यक्ति संस्था वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।