नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको संस्थापक सेयर बिक्रीमा


मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३१ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले आज असार २१ गतेदेखि २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।  न्यूनतम मूल्य प्रति शेयर ५०० रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन फाराम ५०० रुपैयाँ तोकिएको छ । एक भन्दा बढी मूल्यमा शेयर खरिदका लागि आवेदन दिन चाहेमा भिन्दा भिन्दै शिलबन्दी खामभित्र आवेदन दिनु पर्नेछ ।

बोलपत्र आवेदन फारममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ । धेरै केरमेट भई कबोल गरेको शेयर संख्या, प्रतिकित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिइने छैन । अंक र अक्षरमा फरक भएमा अक्षरले लेखिएको व्यहोरालाई मान्यता दिईनेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम ५,००० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।