सुनको भाउमा सामान्य वृद्धि, शुक्रबार कतिमा हुँदैछ कारोबार ?


शुक्रबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । बिहीबार प्रतितोला १६ सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार १०० रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८७० रुपैयाँ रहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३६२ दशमलव ६४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ५५ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।