अनरको एआई पोर्ट्रेट मास्टर २०० सिरिज जुलाईमा नेपाल भित्रिदै


अनरको एआई पोट्रेट अनर २०० सिरिज स्मार्टफोन जुलाईको दोस्रो हप्ताभित्र नेपाल भित्रिने भएको छ । नेपालका लागि कम्पनीको आधिकारिक वितरक सेल्ट्रोन नेपालले नयाँ मोडलको अनर २०० सिरिज भित्र्याउने लागेको हो ।

कम्पनीका अनुसार यो सिरिजमा अनर २०० र अनर २०० प्रो छन् । एआई सुविधासहित थप अपग्रेड भएर आउने नयाँ सिरिजलाई ‘द ए आइ पोर्ट्रेट मास्टर’ ट्यागलाइन दिइएको छ । अनर २०० सिरिजले हार्कोर्ट स्टुडियो नामक सबैभन्दा महँगो स्टुडियोसँग सहकार्य गरिएको छ, जसका कारण प्रिमियम पोर्ट्रेट सुटको अनुभव फोनबाट लिन सकिन्छ ।

यो नवीनतम फोनमा टेलिफोटो क्यामेराको साथ नवीनतम स्न्यापड्रागन चिप फिचर जडान गरिएको कम्पनीको भनाइ छ । अनर २०० सेरिजले पेरिसको सबैभन्दा महँगो र कालातीत स्टुडियो हार्कोर्ट स्टुडियोसँग सहकार्य गरेको जनाइएको छ । एउटा फोटोसुटका लागि २ हजार युरो लागत पर्ने कम्पनीको दाबी छ । यस सहकार्यबाट अनरले तीनवटा हार्कोर्ट पोर्ट्रेट मोडको साथमा उत्कृष्ट एआई पोर्ट्रेट प्रदान गर्न सक्षम हुने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार अनर २०० श्रृंखलामा ५० एमपी पोर्ट्रेट मुख्य क्यामेरा रहेको छ भने उन्नत हार्डवेयर र एआई-सञ्चालित सफ्टवेयर जडान गरिएको छ ।

सुपर डायनामिक एच९००० सेन्सर र फोर इन वान पिक्सेल बिनिङ टेक्नोलोजी जडित यस स्मार्टफोनले कम प्रकाशमा पनि उत्कृष्ट तस्वीरहरू खिच्न सक्ने कम्पनीले जनाएको छ ।

नयाँ मोडलको सिरिजमा ५२०० एमएएच सिलिकन-कार्बन ब्याट्री प्रयोग भएकोले एकल चार्जमा ६१ घण्टासम्म निरन्तर संगीत स्ट्रिमिङ गर्न सक्षम रहेको कम्पनीको दाबी छ।

बलियो स्न्यापड्रागन ८एस जेन ३ प्रोसेसर रहेको अनर २०० प्रोले सिमलेस ग्राफिक्स रेन्डरिङ र रियल टाइम ग्यारेन्टी सहित ३ गेगाहर्जसम्मको सीपीयू रहने छ । स्न्यापड्रागन ८एस जेन ३ मा चल्ने अनर २०० प्रो चल्ने नेपालमा पहिलो स्मार्टफोन हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार नेपालमा भने यो स्मार्टफोन १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । अनर २०० मा स्न्यापड्रागन ७ जेन ३ रहेको छ । १२ जीबी र्‍याम र २५६ जीबी र १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्ट गरी दुई भेरियन्टहरू नेपाल भित्रिने छ।

फाइब जी भएको दुवै मोडल एन्ड्रोइड १४ मा आधारित म्याजिक ओएस ८।० मा चल्ने छ । अनर २०० शृङ्खलाले ३८४० हर्ज जोखिममुक्त डिमिङ, टीयूभी रेहिन्ल्यान्ड प्रमाणपत्र, प्राकृतिक टोन २.०, र अनुकूलित स्क्रिन तापमानका लागि एआई सर्काडियन नाइट डिस्प्ले जस्ता फिचरहरू छन् ।

१.५ के क्वाड कर्भ्ड फ्लोटिङ डिस्प्लेले ४००० निट्सको उच्चतम उज्यालो दिने बताइएको छ । जसले सूर्यको प्रत्यक्ष प्रकाशमा पनि स्पष्ट देखिने कुरा सुनिश्चित गर्छ । १.५ के क्वाड-कर्व्ड फ्लोटिङ डिस्प्लेले ४००० निट्सको प्रकाश दिने भएकोले सूर्यको प्रकाशमा पनि स्पष्ट देख्न सकिने कम्पनीको दाबी छ ।

म्याजिक ओएस ८.० को विशेषता सहित दुवै मोडेलले एआई-सञ्चालित स्मार्ट विशेषताका कारण प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिने जनाइएको छ ।म्याजिक ओएस ८.० ले अनर २०० श्रृंखलामा म्याजिक पोर्टल, म्याजिक क्याप्सुल र म्याजिक जस्ता फ्ल्यागसिप सुविधा प्रदान गर्ने भएकोले प्रयोगकर्ताको डिजिटल अन्तरक्रियालाई थप व्यवस्थित बनाउने कम्पनीको भनाइ छ ।

प्रकृतिबाट प्रेरित भएर डिजाइन गरिएको अनर २०० प्रो मुनलाइट ह्वाइट र ब्ल्याक कलरमा उपलब्ध हुने छ । नेपाल भित्रिएपछि अफलाइन रिटेल स्टोर, दराज र हुकुट जस्ता अनलाइन प्लेटफर्म मार्फत यो स्मार्टफोन खरिद गर्न सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।