टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता प्रजिना गुरुङ्ग


निर्भया फाउण्डेसनद्वारा आयोजितटीभी एस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’को विजेता घोषणा भएको छ । ‘वूमनईन कन्सर्ट’अत्याधिक रुचाईएको कार्यक्रम हो ।

यो वर्ष प्रजिना गुरुङ्गले शीर्ष उपाधि हातपारेकी छन् । उनले टीभीएस एनटर्क १२५ सँगै नगद १ लाख रुपैयाँ जितेकि छन् भने निर्भया फाउण्डेसनको वूमन ईन कन्सर्टसँग दुई गीत, एक म्युजिक भिडियो र एक वर्षको सम्झौता गरेकी छन् । त्यसैगरी उक्त प्रतियोगितामा रिदम राईले दोश्रो स्थानप्राप्त गरेका छन् भने सुजिता डङ्गोल तेश्रो भएकी छन् ।

वूमनईन कन्सर्ट २०२४ को शिर्ष प्रायोजक र मुख्य लगानीकर्ताको रूपमा रहेको टीभीएस एनटर्कले उदियमान महिला कलाकारहरूलाई प्रवद्र्धन गर्ने, उनीहरुलाई प्लेटफर्म प्रदान गर्ने समर्थन गर्न प्रतिबद्ध छ। टीभीएस र वूमनईन कन्सर्टको यो सहकार्यले कम्पनीको संगीतमा महिलाहरूका लागि सुरक्षित ठाउँ र समान अवसरहरू सिर्जना गर्न प्रतिबद्धतालाई जोड दिएको छ ।

रक ब्यान्ड अभया र स्टीम इन्जिनका प्रख्यात गायिका तथा गीतकार अभया सुब्बाद्वारा स्थापनागरिएको वूमन ईन कन्सट, सन् २००३ मा स्थापना भएदेखि नै महिला संगीतकारहरूको लागि काम गर्दै आएको छ । काठमाण्डौं वल्र्ड स्कुलमा आयोजित यस वर्षको कार्यक्रममा १,००० भन्दा बढी सहभागीहरूको उत्साहजनक सहभागिता थियो । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।