गृह मन्त्रालयले रात्री बस सञ्चालनमा रोक लगाउनेबारे छलफल गर्दै


सरकारले रात्री बस सञ्चालनमा रोक लगाउनेबारे सरोकारवालालाई छलफलमा बोलाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने विषयमा सरोकारवालासँग छलफल गर्न लागिएको बताए । यातायात व्यवसायीका प्रतिनिधिसहित सरोकारवालासँग गृह मन्त्रालयमा छलफल हुँदैछ ।

उनले भने, ‘‘सरोकारवालासँग छलफलमा बसेपछि यस विषय टुङ्गिन्छ । अहिलेनै गृहले प्रस्ताव गरेको छैन । छलफलपछि प्रस्ताव गर्ने नगर्ने विषयबारे टुङ्गो लाग्छ ।’’

आज बिहान नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु वेपत्ता भएको थियो । यसपछि मन्त्रालयले वर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउन लागेको हो ।

यसअघि २०७९ साल साउनमा रातस्को यात्रा जोखिमपूर्ण भएको भन्दै मकवानपुर प्रहरी प्रशासनले त्रिभूवन राजपथ हुँदै काठमाण्डौं आउने बसलाई रोक लगाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।