आयात प्रतिस्थापन गर्न निर्यात प्रवर्द्धनमा जोड दिनुपर्छ : दामोदर भण्डारी


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३७औँ वार्षिकोत्सव समारोहमा उनले सरकार र निजी क्षेत्रबीच छलफल र सहकार्य गरेर नेपाली उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए । “चलायमान भएको नेपाली पुँजीलाई नेपालमा रोक्न र विदेशीरहेका नेपाली युवालाई नेपालमा नै रोक्न रोजगारी सिर्जनामा जोड दिनुपर्छ । यसका लागि रुग्ण उद्योग सञ्चालनको आवश्यकता छ”, मन्त्री भण्डारीले भने ।

उद्योगमा निजी क्षेत्रको लगानी बढाउन लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताउदै उनले औद्योगिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।