बिहीबार अमेरिकी डलर स्थिर, युरोमा सामान्य वृद्धि


बिहीबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसामा कारोबार भइरहेको छ । अमेरिकी डलरको भाउ बुधबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोको खरिद दर १४६ रुपैयाँ र बिक्री दर १४६ रुपैयाँ ६५ पैसामा कारोबार भइरहेको छ । बुधबार युरोको खरिद दर १४५ रुपैयाँ ४० पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ०१ पैसा र बिक्री दर १७४ रुपैयाँ ७९ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ०१ पैसा र बिक्री दर ९० रुपैयाँ ४१ पैसा रहेको छ ।.

बिहीबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा र बिक्री दर २८ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५८ पैसा र बिक्री दर ३५ रुपैयाँ ७४ पैसा रहेको छ । बिहीबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७३ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।