रोजगारीको खोजिमा एक वर्षमा साढे ७ लाख युवा विदेशिए, ८० हजार महिला

0
Shares

वैदेशिक रोजगारीका लागि पछिल्लो एक बर्षमा ७ लाख ४१ हजार २ सय ९७ जना नेपाली श्रमिक विदेश गएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष (२०८०/८१) मा नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृती लिएर उक्त संख्यामा नेपाली बाहिरिएका हुन् ।
जसमा ४ लाख ६० हजार १०२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने दुई लाख ८१ हजार १९५ जनाले श्रम नवीकरण गरेका छन् ।

कुल बाहिरिने ७ लाख ४१ हजार २ सय ९७ जना नेपाली श्रमिक मध्ये ६ लाख ६१ हजार १२५ जना पुरुष कामदार छन् भने ८० हजार १७२ महिला बाहिरिएका छन् । असार महिनामा ५८ हजार ७३६ जना बाहिरिएका छन् । असारमा बाहिरिने मध्ये ५२ हजार १२५ जना पुरुष छन् भने ६ हजार ६११ जना बाहिरिएका छन् ।

युएईमा मात्रै झण्डै २ लाख गए

केही समदेखि रोजगारीको लागि विदेशिने नेपालीको रोजाईमा युएई पर्ने गरेको छ । काम गर्न सहज वातावरण, आकर्षक पारिश्रमिक र जानका लागि खर्च कम लाग्ने गरेकोले नेपालीको रोजाइमा युएई परेको हो ।

गत आर्थिक वर्षमा मात्रै युएईको लागि झण्डै २ लाख नेपालीले श्रम स्वीकृती लिएका छन्। एक वर्षमा १ लाख ९३ हजार ४३८ जनाले श्रम स्वकिृती लिएका हुन् ।
यस्तै, युएई पछि दोस्रो रोजाइमा रहेको देश साउदी अरेबिया हो । एक वर्षमा साउदी अरेबियाको लागि १ लाख ४१ हजार ५०२ जनाले श्रम स्पीकृती लिएका छन्।

यस्तै कतारको लागि १ लाख ३४ हजार ६६९ जनाले श्रम स्वीकती लिएका छन् भने मलेसियाको लागि १ लाख ३ हजार ४४२ जना, कुवेतको लागि ४० हजार ३६८ जना, रोमानियाको लागि १ हजार २१ जनाले श्रम स्वीकृती लिएका छन् ।

वैदेशिक रोजगारीमा जानेको संख्या ३.८८ प्रतिशतले घट्यो

आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । वैदेशिक रोजगारीका लागि बिदेशिनेको संख्या ३.८८ प्रतिशतले घटेको हो ।

२०७९/८० मा सात लाख ७१ हजार ३२७ जना काम खोजिमा बाहिरिएका थिए भने २०८०/८१ मा सात लाख ४१ हजार ३९७ जनाले श्रम स्वीकृति लिएका छन् ।
२०७९/८० को तुलनामा २०८०/८१ मा ३.८८ प्रतिशत (२९ हजार ९३० जना) कम बाहिरिएको वैदेशिक विभागको तथ्यांकले देखाएको छ ।
रोजगारीमा जानेको संख्या १० वर्षमा २ लाखले बढ्यो

दश वर्षमा वैदेशिक रोजषरमा जानेको संख्या २ लाख जनाले बढेको पाइएको छ । वैदेशिक रोजगारको तंथ्याक अनुसार आर्थिक वर्ष २०७०\७१ मा पाँच लाख २७ हजार ८१४ ले श्रम स्वीकृति लिएका थिए ।

गत आर्थिक वर्ष सात लाख ४१ हजार २ सय ९७ जना नेपाली श्रमिक श्रम स्वीकृती लिएका छन् । जुन २ लाख १३ हजार ४८३ हजाले बढी हो ।

यस्तै आर्थिक वर्ष २०७१/७२ मा ४ लाख ९९ हजार १०२ युवा कामको खोजीमा विदेशिएका थिए । यस्तै, आर्थिक वर्ष २०७२/७३ मा ४ लाख ३ हजार १७४ जना नेपाली विदेशिएका थिए भने २०७३/७४ मा ३ लाख ८३ हजार ४९३ जना बाहिरिएका थिए ।

यस्तै २०७४/७५ मा ३ लाख ५४ हजार ८२ जनाले वैदशिक रोजगारीको लागि श्रम स्वीकृती लिदा २०७५/७६ मा दुई लाख ३६ हजार २०८ जनाले श्रम स्वीकृती लिएका थिए।

यस्तै २०७६/७७ मा १ लाख ९० हजार ४५३ जना कामको खोजीमा विदेशिए थिए भने २०७७/७८ मा ७२ हजार ८१ जना मात्रै गएका थिए । २०७७/७८ मा कोरोना माहामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या ह्वातै घटेको थियो ।

२०७८/७९ मा कोभिड महामारीको अवस्था केही सामान्य बन्दै गएपछि भने विदेश जानेको संख्या ह्पातै बढेको थियो । २०७८/७९ मा वर्ष ६ लाख ३० हजार ९७ जनाले श्रम स्वीकृती लिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।