विद्युत बिक्री आम्दानी घटेर खर्च बढ्दा चिलिमे हाइड्रोको नाफा घट्यो

0
Shares

चिलिमे हाइड्रोपावर कम्पनी (CHCL) को खुद नाफा साढे १२ प्रतिशतले घटेको छ । गत आवको तुलनामा आम्दानीको मुख्य स्रोत विद्युत बिक्री आय घटेर खर्च बढ्दा कम्पनीको नाफा घटेको हो।

सोमबार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आय ५५ लाख ८९ हजारले घटेर ६१ करोड ८६ लाख ६३ हजार रुपैयाँमा खुम्चिएको छ । गत आवको यसै अवधिमा कम्पनीले ६२ करोड ४२ लाख ५२ हजार आम्दानी गरेको थियो।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३९ करोड ६६ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै त्रैमासमा कम्पनीले ४५ करोड ३१ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खर्च बढेर विद्युत बिक्री घटेपछि चिलिमेको नाफामा गत वर्षको सोही अवधिको तुलनामा १२.४७ प्रतिशतले गिरावट आएको हो।
विद्युत बिक्री मार्फतको आम्दानी घट्नुका साथै कम्पनीको समग्र खर्च बढ्दा नाफामा गिरावट देखिएको हो। हाइड्रोको सञ्चालन नाफा गत वर्षको तुलनामा ९.६३ प्रतिशतले घटेर ४३ करोड ६५ लाख १४ हजारमा झरेकोे छ।

चुक्ता पूँजी २० प्रतिशतले बढाएरको कम्पनीको नाफा घट्दा प्रतिशेयर आम्दानी ५ रुपैयाँ १६ पैसाले घटेर १३ रुपैयाँ ८९ पैसा कायम भएको छ। गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी गत आवको यसै अवधिमा १९ रुपैयाँ ०५ पैसा थियो।

चुक्ता पूँजी बढाएर ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ पुर्याएको कम्पनीको शेयरधनी कोष ४७ करोड ६४ लाख अर्थात १०.७८ प्रतिशतले घटेर ३ अर्ब ९४ करोड ३७ लाख रुपैयाँमा सीमित बनेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ०७ पैसा र मूल्य आम्दानी अनुपात ३०.५९ गुणा छ।